धनगढीका ७ सहित कैलालीका थप ८ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३६८६ पुग्यो

धनगढीका सात सहित कैलालीका थप ८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा तीन महिला र पाँच पुरुष गरी कैलालीका ८ जनामा कोराना पुष्टि भएको हो।

धनगढीका ३३ र ३५ बर्षीय महिला, ३३, २२, २५, ५२ र ४८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार गोदावरी नगरपालिकाका ३० बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ८६ पुगेको छ।
संक्रमण पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने ६ सय ६२ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
