भारतीय कुखुरा अवैधरुपमा आयातले कञ्चनपुरका कुखुरा व्यवसायी मर्कामा
2024/01/11, 2:32
 
aa

कञ्चनपुरका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैधरुपमा आयातले यहाँका कुखुरा व्यवसायी मर्कामा परेका छन् । नेपाल–भारतको सीमा जोडिएका नाकाबाट अवैधरुपमा कुखुरा भित्रिदा समेत सरोकार वाला निकायले कानमा तेलहालेर बस्दा कञ्चनपुर बेलडाँडीका कुखुरा पालक किसानहरु मर्कामा परेका हुन ।

बेलडाँडी क्षेत्रका कुखुरा व्यवसायी गर्नेहरु भारतबाट भित्रिने अवैध कुखुराका कारण आफुले पालन गरेका कुखुराको उचित मुल्य नपाउदा आफै कुखुरा काट्न बाध्य भएका छन् । भारतबाट अवैधरुपमा आयात भएको कुखुराका कारण पोल्ट्री व्यवसायीमा गरेको लगानी डुब्ने अवस्थामा पुगे पछि आफै कुखुरा काट्न बाध्य भएको बेलडाँडीका कुखुरा व्यवसायी केशव राज जोशीले बताए ।


जोशीका अनुसार अवैध रुपमा भारत बाट आउने कुखुराका कारण आफुहरुले उचित मुल्य नपाउने र यहाँका बिचौलीयाहरुले आफुहरुलाई झिन मर्कामा पार्ने गरेको जनाए । अहिलेको लडमा आफुले १७ सय कुखुरा हालेको र बिचौलीयाहरुलाई १सय ९० रुपैया प्रति केजी दिदा समेत नलगिदिए पछि आफैले कुखुरा काटेर मासु बेच्न लागेको जनाउनु भयो । बिचौलियाहरुले १९० मा लिएर ३८० मा बेच्न लाग्दा समेत खोरमा रहेका साना कुखुरा नउठाइ दिएपछि जिउदो २१० र काटेर २८० मा धमाधम बेच्न लागेको जनाए ।

जोशीले भने बिचौलिया मोटाउनु भन्दा उपभोक्ता मोटाउन भनेर आफुले कुखुराको रेट घटाइदिएका हुन । उनले चवन्नी वजारमा अहिले २८० रु प्रतिकेजी बेचिरहेका छन् । यति सस्तो कुखुराको मासु पएपछि स्थानीयको भिड लाग्ने गरेको छ । ’हामी मासुमा पूर्णरुपमा आत्मनिर्भर छौं तर भारतबाट गैरकानुनी रुपमा कुखुराको मासु आउदा हामी मारमा परेका छौँ’ उनले भने, । यस्तै आज देखि बेलडाँडीका अर्का कुखुरा व्यवसायी विरमल खडकाले समेत चवन्नी वजारको खप्तड होटेल अगाडी सोही रेटमा कुखुराको मासु बच्न थालेका छन् । खडकाको समेत उस्तै समस्या हो । दुःख गरेर पालेको कुखुराको उचि मुल्य नपाउदा सधै कुखुरा व्यवसायी मर्कामा पर्ने गरेका छन् ।

बिचौलियाहरुले अवैध मरेका कुखुरा भारत बाट कट्टामा ल्याएर यहाँका कुखुरा व्यवासायीलाई डुवान प्रयास गर्दा समेत यहाँका जनप्रतिनिधी, स्थानीय स्तरको बजार अनुगमन समिति, प्रहरी प्रशान, शसन्त्र प्रहरी मकदर्शक बनेको स्थानीयको आरोप छ ।