लायन्सका संस्थापकको जन्मोत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
2024/01/15, 2:25
 
ss

लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मोल्विन जोन्सको जन्मोत्सव सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । लायन्स क्लब अफ धनगढी आस्थाको आयोजनामा लायन्सका संस्थापक जोन्सको १४५ औं जन्मोत्सव विभिन्न कार्यक्रम गरी मनाईएको हो । सो अवसरमा रक्तदान, शैक्षिक सामाग्री वितरण, कपडा वितरण, सरसफाई तथा खाना खुवाउने लगायतका विभिन्न कार्यक्रम गरी एक सातासम्म जन्मोत्सव मनाईएको लायन्स क्लब अफ धनगढी आस्थाकी अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिईन् । 

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन शैक्षिक सामाग्री वितरण गरिएको छ । धनगढीको तारानगरमा रहेको आमाको माया छात्रावासमा रहेका अनाथ वालबालिकाहरुलाई पठनपाठनमा सहयोग होस भन्नका लागि विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको हो ।

s

1

2

1

दोस्रो दिन कपडा वितरण गरिएको छ । धनगढीको उत्तरवेहडीमा रहेको कपडा बैंकलाई कपडाहरु हस्तान्तरण गरिएको हो । 

2

6

s

जन्मोत्सवको तेस्रो दिन शिवपुरी धाम सरसफाई गरिएको छ । त्यस्तै धाम सरसफाईमा सहजताका लागि डस्टविन, डस्टस्ट्याण्ड र झाडु समेत वितरण गरिएको छ ।

7

7

7

चौथो दिन सुत्केरी, बालबालिका र बृद्धबृद्धालाई फलफुल तथा पौष्टिक आधार वितरण गरिएको छ । धनगढीको नवजीवन अस्पतालमा रहेका सुत्केरी आमाका साथै वार्डमा रहेका बालबालिका र बृद्धबृद्धाहरुलाई फलफुल र पौष्टिक आधार वितरण गरिएको हो । 

7

6

7

सप्ताहव्यापी कार्यक्रमको पाचौ दिन मानव सेवा आश्रममा रहेका असहायहरुलाई खाना खुवाईएको छ ।

6

7

7

6

छैटौ दिन कैलालीको गोदावरी धाममा रहेका सन्तहरुलाई सरसफाईका सामाग्रीहरुका साथै न्यानो कपडा र माघी मनाउनका लागि आर्थिक सहयोग गरिएको छ ।

6

7

7

2

7

s

s

जन्मोत्सवको अन्तिम अर्थात सातौं दिन रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटीको रगत बैंकमा रक्तदान कार्यक्रम गरी १४५ औं जन्मोत्सव समापन गरिएको लायन्स क्लब अफ धनगढी आस्थाकी अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिईन् । 

7

 

s

7

7