६ महिनामै अख्तियारमा सुदूरपश्चिमका ५ सय बढी उजुरी
2024/01/23, 3:49
 
dd

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा चालु आर्थिक वर्षको हालसम्ममा ५ सय बढी आर्थिक अनियमिताका दर्ता भएका छन्। चालु आर्थिक वर्षको छ महिनामा ५ सय ४१ उजुरी दर्ता गरिएको अख्तियारले जनाएको छ। ती उजुरीमा सबैभन्दा बढी स्थानीय तहसंग सम्बन्धित छन् । त्यस बाहेक संघ र प्रदेश सहित अन्य सार्वजनिक निर्माण, पद दुरुपयोग लगायतका छन्। अख्तियारका अनुसार सबैभन्दा बढी उजुरी साउनमा परेका छन्।

साउनमा १ सय ७३ उजुरी परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको अभिलेख छ। अख्तियारका अनुसार ती उजुरीमध्ये इमेलबाट ४१, टेलिफोन १६, लिखित निवेदन ४० र हुलाकी सेवा ६४ फेसबुक,समाचार पत्र तथा प्रमुख जिल्ला अधिकारीबाट ३र३ उजुरी दर्ता भएका छन्। अनिमितता विरुद्धका उजुरीको संख्या भदौ महिनामा हुलाकी सेवा १२, लिखित निवेदन ५१, टेलिफोन र इमेलबाट १०(१० र अन्य स्रोतबाट गरी ८५ उजुरी दर्ता भएका छन्।

यस्तै असोज महिनामा ८२ उजुरी दर्ता भएका छन्। जसमा हुलाक सेवा १८, लिखित निवेदन ४१, टेलिफोन १० इमेलबाट ११ उजुरी दर्ता भएका हुन् । यस्तै कार्तिक महिनामा ४१ उजुरी दर्ता भएका छन्। हुलाक सेवा १५, लिखित निवेदन १७, टेलिफोन ३, इमेलबाट ५ उजुरी दर्ता भएका हुन्। यस्तै मंसिरमा ९० उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका छन्।जसमा हुलाक सेवाबाट १५, लिखित निवेदन ४०, इमेलबाट १९, टेलिफोनबाट १५, वेवसाईडबाट १ उजुरी दर्ता भएका छन् ।

पौष महिनामा हुलाक सेवाबाट १४, लिखित निवेदन १२ , इमेलबाट १६ , टेलिफोनबाट ७ , वेवसाईडबाट १ उजुरी दर्ता भएका छन् ।यस्तै माघ महिनामा हुलाक सेवाबाट ७,लिखित निवेदन ६, इमेलबाट १ ,टेलिफोनबाट २, वेवसाईडबाट १ उजुरी दर्ता भएका छन्। यसरी ६ महिनाको अवधिमा ५ सय ४१ मुद्दा दर्ता भएको कार्यालयको तथ्यांकले देखाएको छ। सार्वजनिक निर्माण, निर्माणमा अनियमितता, पदीय दुरुपयोग गरेर कामकारबाही गरेको लगायत विषयमा अख्तियारमा उजुरी पर्ने गरेको कार्यालयले जनाएको छ। अख्तियारमा परेका उजुरीमाथि कारबाही प्रक्रिया समेत अघि बढाइएको अख्तियारले बताएको छ।