बझाङका भूकम्प प्रभावित विद्यालयलाई अस्थायी सिकाइ केन्द्र 
2024/01/23, 3:51
 
ss

प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा जयपृथ्वी नगरपालिका भित्रका ९ वटा विद्यालयका लागि १४ वटा अस्थायी सिकाइ केन्द्र निर्माण गरिएका छन् । गत असोज १६ गते आएको भूकम्पले विद्यालय भवन भक्तिदा जयपृथ्वी नगरपालिकाभित्रका धेरै जसो विद्यालय पठनपाठन गर्न योग्य नभएपछि प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा ९ वटा विद्यालयका लागि अस्थाई सिकाइ निर्माण गरिएको हो ।

एक सिकाइ केन्द्रमा दुईवटा कोठासहित बसाइ व्यवस्थापन सामाग्री, शिक्षण सिकाई सामग्रीसँगै मनोसामाजिक परामर्श गरिने कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले बताए । उनका अनुसार विद्यार्थीको संख्या र विद्यालयको क्षति अनुसार अस्थाई सिकाइ केन्द्र निर्माण गरिसकेको र आईतबार देखि हस्तान्तण गरिने भएको छ ।

प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालले साझेदारी गर्दै जयपृथ्वी नगरपालिका–१मा रहेको बेताल आधारभूत विद्यालयमा ५ कोठे सिकाइ केन्द्र सहित अस्थायी सौचालय, नारायण माध्यामिक विद्यालयमा २ कोठ सिकाइ केन्द्र , जनजागृति आधारभुत विद्यालय भण्डारमा २ कोठे सिकाइ केन्द्र निर्माण गरिएका छन् ।

त्यस्तै जयपृथ्वी नगरपालिका ४ मा रहेको बालविकास माध्यामिक विद्यालयमा४ कोठे सिकाइ केन्द्र ,सुनिपिपल माध्यामिक विद्यालयका जयपृथ्वी नगरपालिका – ७ सुवेडामा २ कोठे सिकाइ केन्द्रसहित सौचालय, मुड्तीनदेव आधारभूत विद्यालय जयपृथ्वी नगरपालिका –३ पुगरमा २ कोठे अस्थाई सिकाइ केन्द्र, बालमन्दिर आधारभुत जयपृथ्वी नगरपालिका १० चैनपुरमा ८ कोठे सिकाइ केन्द्रसहित सौचालय, नाननदेव आवि जनपा ११ डाँडागाउँमा १ कोठे सिकाइ केन्द्र र लुयाँटा आधारभुत विद्यालय जनपा –५ डिलबगरमा २ कोठे सिकाइ केन्द्र गरि ९ विद्यालयका १४ वटा अस्थाइ सिकाइ केन्द्र निर्माण सम्पन्न गरिएको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

आईतबार देखि निर्माण गरिएका सिकाई केन्द्र हस्तान्तरण सुरु गर्ने हस्तान्तरण पछि विद्यार्थीलाई पठनपाठन गर्न र भुकम्पबाट हुने जोखिम न्युनिकरण गर्न सहज हुनेछ । एक अस्थायी सिकाई केन्द्रमा २ कोठाको व्यवस्था गरिएको छ भने सिकाइ केन्द्र फलाम र काठबाट बनाइएको व्यवस्थापक जोशीले बताए । एक सिकाई केन्द्रको लागत करिब ३ लाख ६० हजार बराबर रहेको जोशीको भनाई छ । पश्चिम नेपाल भूकम्प प्रतिकार्य परियोजना अन्तर्गत हाल यी अस्थाई सिकाई केन्द्र निर्माण गरिएको उनले बताए ।

प्रगतिशिल युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालले पश्चिम नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्तर्गत नै यसअघि १ सय ५८ भुकम्प प्रभावितलाई खाद्यान्न, दुई सय परिवारलाई गैरखाद्य सामाग्रीहरु त्रीपाल, ब्लाङ्केट र तीन सय परिवारलाई न्यानो कपडा बितरण गरिएको थियो । विद्यालयमा अस्थाई सिकाइ केन्द्र निर्माण गरिएसंगै बसाइँ व्यवस्थापन सामाग्री, शिक्षक शिकाई सामग्री प्रदान गरी मनोसामाजिक परामर्श गरिने कार्यकारी निर्देशक लवराज जोशीले बताए ।