
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । घोडाघोडी नगरपालिका -१० को तुलसीपुर सामुदायिक वनमा सोही ठाउँको पहलमानपुर बस्ने ४० वर्षीय धनबहादुर शाहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर मोहन्याल गाउँपालिका-३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते भएका छन् । खत्रीलाई थपउपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04