सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु
2024/01/25, 11:11
 
hyuh

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा मतदान सुरु भएको छ । यहाँ बिहीबार राष्ट्रिय सभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेश सभा सचिवालय परिसरमा बिहान ९ बजे देखि मतदान सुरु भएको हो।

यस प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको छ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी ‘उत्सव’ र महेश महरा तथा नेकपा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिन लागेको छ ।सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यकबाट कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द उम्मेदवार छिन् ।

त्यस्तै नेकपा एमालेबाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् । प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गरिरहेका छन् ।सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१०० रहेको छ। जसमा सत्तारूढ गठबन्धनको मतभार ४४५७ रहेको छ भने एमालेको मतभार १४८० रहेको छ ।