
कैलालीको धनगढीबाट एक लाख बढीका सामान बरामद गरिएको छ। धनगढीको दुई स्थानबाट १ लाख २३ हजार २ सय बराबरको सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

धनगढी–२ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ९४ हजार ४ सय मूल्य बराबरको चिनी, प्याज, साडी, लेहेंगा, धोती, सुईटर, जेनरेटरका बिभिन्न पार्टपुर्जा लगायतका सामान बरामद गरिएको हो। यस्तै धनगढी ३ ट्राफिक चोक र ब्यारेल अगाडीबाट २८ हजार ८ सय बारबरका चिनी, प्याज, खुर्सानी, केराउ नरिवल, साईकलको ट्युव लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04