धनगढी र गोदावरीमा विज्ञान शिक्षक समाज गठन
2024/01/25, 11:30
 
ss

विज्ञान शिक्षक समाज नेपाल स्टान को धनगढी र गोदावरीमा नगर समितिहरु गठन भएका छन् ।

बुधबार धनगढीको त्रिनगर माध्यमिक बिद्यालयमा स्टान सुपका अध्यक्ष चन्द्रकला दवाडीको अध्यक्षतामा भएको धनगढीका विज्ञान शिक्षकहरुको भेलाले रण बहादुर चौधरीको अध्यक्षतामा धनगढी नगर समिति चयन गरेको छ।

यसै गरि स्टानका सुप प्रदेश सचिव प्रकाश छेडालको अध्यक्षतामा गोदावरीको अत्तरियामा भएको विज्ञान शिक्षकहरुको भेलाले सुशील पनेरुको अध्यक्षतामा नगर समिति चयन गरेको हो । दुवै भेलामा स्टानका प्रदेश सदस्य नवराज ओझा लगायतका वरिष्ठ विज्ञान शिक्षकहरुको उपस्थिति रहेको थियो ।

स्टानले विज्ञान शिक्षकहरु र विद्यार्थीहरुको विषयगत दक्षता अभिवृद्धि गर्ने सन्दर्भमा काम गरिरहेको छ । समय समयमा विज्ञान विषयका तालिम संचालन, विज्ञान प्रदर्शनी आयोजना, विज्ञान विषयसँग सम्बन्धित बहस संचालन, शिक्षक र विद्यार्थीका लागि प्रशिक्षण सहयोग गर्दै आईरहेको छ ।