राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा सांसदको मतदान सकियो पालिकाको जारी
2024/01/25, 1:59
 
aa

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्यहरूको मतदान सकिएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरूको लागि मतदान केन्द्र तोकिएको थियो   अहिले सम्म सबै ५२ जनाले मतदान गरेको मतदान केन्द्रका सहायक कर्मचारी युवाराज जैशीले जानकारी दिए ।

उनका अनुसार सबै भन्दा पहिलो माओवादी केन्द्रका सांसद ओमविक्रम भाट सरल र अन्तिममा नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले मतदान गरेका थिए । ख मतदान केन्द्रमा अहिले पनि मतदान जारी छ । त्यहाँ अझै तीन जनाले मतदान गर्न बाकी रहेको छ।  यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रतिनिधि गरी २२७ जना मतदाता रहेका छन् ।

गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा कांग्रेसकै  नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छिन् । एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् ।