
कैलालीमा ३० क्वीन्टल अवैध चिनी बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी) को टोलीले मंगलबार दिउँसो गौरीगंगा नगरपालिकाको बडैपुरबाट भन्सार छली गरेको चिनी बोकेको सुपप्र०१–००१च३९५७ नम्बरको मालबाहक गाडी नियन्त्रणमा लिएको हो ।
उक्त गाडीमा रहेको ५० किलोका ६० बोरा चिनी र दुई बोरा बिडी बरामद गरेको हो । अवैध चिनीसहित बरामद गरिएको ट्रकको मुचुल्का गरेर आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइने प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04