चुनावमा झुठा आश्वासन दिन बन्द गरिनुपर्छः नेतृ झाक्री
2024/02/05, 11:01
 
ss

 नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाक्रिले दलहरूले चुनावमा जनतालाई झुठा आश्वासन दिन बन्द गर्नुपर्ने बताएकी छिन । समाजवादी प्रेस संगठन कैलालीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै संकटग्रस्त क्षेत्रका घरपरिवारलाई झुठा आश्वासन देखाउने गरेको बताएकी हुन ।

निकुञ्ज, वन, कारागार लगायतका संकटग्रस्त छन । त्यस्ता ठाउँमा आधारभुत सुविधा दिन मिल्दैन उनले भनिन तर, चुनावका बेला सबै सुविधा दिन्छु भनेर भोट माग्छन् । त्यो गर्नु गलत हो । उनले शुक्लाफाँटा निकुञ्ज र कैलाली कारागार नजिक बनेका घरलाई उदाहरण दिँदै भनिन् निर्वाचनको समय म पनि मन्त्रीसंग शुक्लाफाटा गएकी थिए । त्यहाँ मैले बोल्न त पाईन । मैले बोल्न पाए स्पष्ट भन्थे कि बफर जोनमा लालपुर्जा पाउदैन् । सेन्सेटिभ जोन ९संकटग्रस्त क्षेत्र०  कहाँ हो सबै थाहा छ । हामीले अन्तराष्टिय कानुनमा पनि हष्ताक्षेर गरेका छौ। त्यस्ता ठाउमा झुठो बोलेर खाली भोट बैंक नबनाउ । 

उनले सामाजिक विषयमा स्पष्ट रहने गरेको बताउँदै मैले यही शब्द भने दुई दिन गाली गर्लान तर गाली गरेर समस्या समाधान हुँदैन र झुठले पनि समस्या समाधान हुँदैन । समाजवादी पार्टीको अधिवेशन नजिकिएसंगै देश दौडाहमा रहेकी झाक्रिले सचिव पदमा बस्दा गाह्रो भएको बताउँदै त्यो भन्दा माथिलो पदमा दाबी गर्ने बताईन् । सचिव भएर त गाह्रो भएको छ । तैपनि ठुलो पदमा जान मन छ उनले भनिन ।
मन्त्री, दलको नेता, संगठन, विभाग, पार्टी सबै एकै जनाले नेतृत्व गर्नु उचित नहुने बताइन ।