अरुण चौधरीसहित तीन जनाको म्याद थप गरिँदै
2024/02/05, 2:21
 
dd

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनै जनाको म्याद आज थपिँदैछ । कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर ४ दिनदेखि थुनामा छन् ।

माघ १८ गते पक्राउ परेका उनीहरुलाई जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, उनीहरु हाल ग्राण्डी अस्पतालमा भर्ना भएर बसेका छन् ।

अस्पतालमा रहेका तीनै जनासँग सीआइबीले बयान लिईरहेको छ । बयानका क्रममा चौधरीले अदालतको निर्णय आफूलाई मान्य हुने बताउँदै जग्गाको स्वामित्व दाजु विनोदसमेत संगोलमा रहँदा आफूहरुको नाममा आएको बताएको स्रोतको दाबी छ ।

पक्राउ परेका अरुण नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य विनोद चौधरीका भाई हुन् । उनलाई छुटाउन नेपाली कांग्रेसदेखि राष्ट्रपति कार्यालय शीतल निवाससम्म लागि परेको स्रोतको दाबी छ ।