कैलालीको गोदावरीबाट सामान र जिप सहित दुई जना पक्राउ
2024/02/14, 12:11
 
ss

कैलालीको गोदावरीबाट सामान र जिपसहित पक्राउ दुई जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका-४ गोदावरीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ३ लाख ८४ हजार मूल्यको चिनी, जीप १ थानसहित दार्चुलाको मार्मा गाउँपालिका-६ बस्ने ३० वर्षीय बसन्त कोट्टारी र कैलालीको धनगढी उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय ईश्वर धामीलाई मंगलवार दिउँसो प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो।

सामान र जिपसहित दुबै जनालाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको जनाएको छ। यस्तै धनगढी उपमहानगरपालिका- १ त्रिबेणीघाटबाट भन्सार छली गरि ल्याएका १२ हजार मूल्यको प्याज, धनगढी उपमहानगरपालिका २ चौराह नजिकबाट ११ हजार २१० मूल्यको चिनी, प्याज, सरप, दाल, नरिवल लगायतका सामान बरामद गरिएको छ।

यस्तै धनगढी- २ वडा कार्यालय नजिकबाट ३८ हजार १४० मूल्यको गन्जी, टिसट, बच्चाको पाईन्ट, अण्डरवेयर लगायतका सामान र कैलारी गाउँपालिका-४ “के” गाँउबाट २५ हजार ८०० मूल्यको चक्लेट, चिजबल, दालमोठ लगायतका समान बरामद गरिएको छ। यी सबै सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।