एमाले कैलालीको अध्यक्षका लागी तीन जनाले गरे दावेदारी
2024/02/16, 2:24
 
ss

नेकपा एमाले कैलालीको अध्यक्षका तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । कैलालीको सुख्खडमा यही फागुन ६ र ७ गते हुने जिल्ला अधिवेशनबाट अध्यक्षका लागी अहिलेका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीसहित तीन जनाले दावेदारी प्रस्तुत गरेका हुन्।

यस्तै अध्यक्षका लागी दावेदारी प्रस्तुत गर्नेमा सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगाना छन् ।नेकपा एमाले कैलालीको अधिवेशनका लागि आज बिहीबार पदाधिकारीमा आकांक्षा राख्नेलाई इच्छापत्र पेश गर्ने समय दिइएको छ। एमालेले पदाधीकारीमा चाहना गर्नेलाई उम्मेदवारी दिन आग्रह गरे अनुसार अध्यक्षमा तीन जना, उपाध्यक्षमा आठ, सचिवमा १२ र दुई उपसचिवका लागि ३० जनाले दावेदारी प्रस्तुत गरेका छन् ।

उपाध्यक्षमा आठ जनाले उम्मेदवार बन्ने मनसाय व्यक्त गरेका छन् । उपाध्यक्षका लागी अहिलेका उपसचिव लोकेन्द्र शाही, सचिवमा अहिलेका उपसचिव ममताप्रसाद चौधरीले उम्मेदवार बन्ने मनसाय व्यक्त गरेका छन् । यस्तै उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, निर्पवहादुर थ्यात, मनराज शाही, मदनराज ओझा,दलबहादुर रावल, प्रेमबहादु डगौरा, शर्मानन्द भट्ट, गजेन्द्र स्वारले समेत उम्मेदवार बन्न रुची देखाएका छन् ।

यस्तै गरेर सचिवमा ममताप्रसाद चौधरी, वक्तबहादुर शाही, हितेस ओझा, विष्णुबहादुर चौधरी, द्धारिकाप्रसाद न्यौपाने, भिष्मराज सुवेदी, विरेन्द्रबहादुर रावल, शम्भु कुँवर, आनन्दप्रसाद भट्ट, चुडामणी भट्ट, कमलसिंह राना र विष्णु चन्दको उम्मेदवारी परेको छ ।

दुई उपसचिवमा लागि राजु गुरुंग, चक्रबहादुर विष्ट, नौरतादेवी खड्का, मदनराज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्विका विष्ट, भुवन रिजाल, निर्मला सञ्ज्याल, धिमलाल जोशी, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद उम्मेदवार बन्ने मनसाय व्यक्त गरेका छन् । यस्तै मोहन विक, ध्रुवबहादुर भण्डारी,खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुवराज खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, बृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भूल, गोविन्द कोइराला, रत्ना कुँवर जोशी, गणेश बुढा र सुरज परिवारले दावेदारी प्रस्तुत गरेका छन्। नवौँ जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ ।