शिक्षकका भाइले कुटे विद्यार्थी, खुट्टा र छातीमा चोट लागेपछि अस्पताल भर्ना
2024/02/18, 4:24
 
ss

कैलालीको धनगढीमा शिक्षकका भाइले एक विद्यार्थीलाई कुटेका छन्।  शिक्षकका भाईको कुटपिटबाट ती विद्यार्थी घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१३ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक नरेश भट्टका भाइको कुटपिटबाट सोही विद्यालयमा १० कक्षामा अध्ययनरत १६ वर्षीय प्रवीण राना घाइते भएका हुन्। बाटोमा हिँडिरहेका बेला भाइलाई निर्घात कुटपिट गरिएको घाइते प्रवीणकी दिदी सिमाना रानाले बताइन्।

सर र उनका भाइ चेतराज भट्ट मिलेर लट्ठीले भाइलाई कुटेको उनको आरोप छ। कुटपिटबाट घाइते प्रवीणलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ। उनको खुट्टा र छातीमा चोट लागेको छ। यता शिक्षक भट्टले भने सामान्य विवाद भएको भन्दै यसलाई ठूलो बनाउन आवश्यक नभएको बताए।

‘शिक्षकले भट्टले भने भाइले कुटेको हो, मैले होइन, ती व्यक्ति आफ्नै विद्यार्थी र छिमेकी पनि हो, उपचामा लाग्ने खर्च मैले बेहोर्ने सहमति भएको छ’, शिक्षक भट्टले भने। यस विषयमा प्रहरीमा पनि उजुरी परेको रहेछ, अहिले मैले उपचारमा लाग्ने खर्च व्यहोर्ने गरी सहमति भएको बताए।