कैलालीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीकाका अनुसार टीकापुर नगरपालिका –१ शान्तिनगरका सिर्जना चौधरीको एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको छ ।
बाल्टीको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका लागि टीकापुर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका छन् । यसैगरी, पूर्व–पश्चिम राजमार्गमा बसेको ठक्करबाट गौरीगङ्गा नगरपालिका –८ बढैपुरका ३९ वर्षीय गोपी दमाईको मृत्यु भएको छ ।
दमाईले चलाएको से ३ प ९३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको थियो । ठक्करबाट घाइते दमाईलाई उपचारका लागि सेती अस्पताल लैजाँदा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
2024/08/23, 10:59
2024/08/23, 10:56
2024/08/23, 10:51
2024/08/23, 10:48
2024/08/16, 7:04
2024/08/16, 6:05
2024/08/16, 5:32
2024/08/16, 5:29
2021/05/12, 9:38
2022/11/23, 4:05
2024/04/23, 5:41