
नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी छिन् । उनले आफ्ना नाति नित्यान्त भट्टको ब्रतबन्धको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी हुन् ।

फाउण्डेसनमा रहेका वेसहारा महिलाहरुलाई सहयोग गर्दै उनले खाना समेत खुवाएकी छन । आज मात्रै उनका नाति नित्यान्तको ब्रतबन्ध गरिएको हो । दृष्टि फाउण्डेसनमा आश्रित ८० जना महिलाहरुलाई भट्टले खाना खुवाएकी छिन् ।

उनले आफ्नो तर्फबाट दृष्टि फाउण्डेसनलाई गर्न सकिने सहयोग गर्न पनि तयार रहेको बताईन् । भट्ट लामो समयदेखि नेपाली काग्रेंसको राजनितिमा सक्रिय रहदै आएकी छिन् । उनले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएकी छिन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43