श्री कलेज धनगढी कप फुटबल प्रतियोगिता होलिल्याण्ड र एलायन्स विजयी 
2024/02/21, 1:55
 
ss

धनगढीमा जारी श्री कलेज धनगढी कप फुटबल प्रतियोगितामा होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरिया र एलायन्स इन्टरनेश्नल स्कुल धनगढी विजयी भएका छन् । आज भएका दुई खेलमा होलिल्याण्ड र एलायन्स विजयी भएका हुन् ।

 धनगढी रगंशालामा भएको पहिलो खेलमा होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरियाले धनगढी स्थित कैलाली मोडेल माध्यमिक विद्यालयलाई ५–० गोल अन्तरले पराजित गर्‍यो । होलिल्याण्ड सेकेन्ड्री स्कुलका मिलन बोहराले कैलाली मोडेलका विरुद्ध ४ गोल हान्न सफल भए भने, होलिल्याण्डकै पारस ऐजी र जीवन शाहीले १÷१ गोल थपे । होलिल्याण्डका विरुद्ध कैलाली मोडेलले कुनै गोल फर्काउन सकेन । यस सँगै कैलाली मोडेल प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै आजै भएको दोस्रो खेलमा धनगढीको एलायन्स इन्टरनेश्नल स्कुल विजयी भएको छ । 

दोस्रो खेलमा एलायन्स इन्टरनेश्नल स्कुलसँग अत्तरियाको लोटस आइ स्कुल ४–२ गोल अन्तरले पराजित भयो । खेलको निर्धारित समयसम्म बराबरीमा बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा एलायन्स इन्टरनेश्नलले ४ गोल प्रहार गर्दा उसका विरुद्ध होलिल्याण्डले २ गोल मात्रै फर्काउन सक्यो । यस सँगै होलिल्याण्ड स्कुल प्रतियोगिताबाट बाहिरिएको छ ।  १० बिद्यालय सहभागी प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था लिटल फ्लावर स्पोट्स एन्ड इभेन्ट प्रा।लीका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन् । 

सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले नगद ३ हजार, उदयमान खेलाडीले नगद ३ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ सयका साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।