धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटनाः घाइते एकको मृत्यु
2024/02/25, 1:05
 
ss

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। शनिवार धनगढीबाट पलिया जाँदै गरेको से ३ प २८१९ नम्बरको मोटरसाइकलाई गौरीफन्टा कोतवाली भन्दा झण्डै १५ किलोमिटर बीच जंगलमा अज्ञात गाडीले ठक्कर दिंदा दुर्घटना भएको थियो।

भारतको दुधुवा नेसनल पार्क नजिक बिच जंगलमा भएको मोटरसाइकल दुर्घटनामा धनगढी २ जना घाइते भएका थिए । दुर्घटनामा घाइते मध्ये धनगढी उपमहानगरपालिका–१९ का ३३ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको हो। दुर्घटनामा धनगढी उपमहानगरपालिका(१९ कै २२ वर्षीय अनिलकुमार चौधरी घाइते भएका छन्। चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

उनको पलियामा उपचार भइरहेको छ। भारतीय प्रहरीले दुर्घटनाको समय हेरेर ठक्कर दिने गाडी खोजी गरिरहेको नेपाल प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको बताइएको छ ।