अख्तियारमा आर्थिक अनियमितता सम्बन्धी सुदूरपश्चिमका ६ सय ३२ उजुरी
2024/02/25, 1:13
 
ss

सुदूरपश्चिम प्रदेशमा आर्थिक अनियमितता सम्बन्धी उजुरी अख्तियारको कार्यालयमा धमाधम दर्ता हुने क्रम बढ्न थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा सार्वजनिक निर्माण तथा संघ, प्रदेश र स्थानीय तहमा बसेर पदीय दुरुपयोग गरी कैफियत गर्ने कर्मचारी र पदाधिकारी विरुद्ध धमाधम उजुरी पर्न थालेका हुन्।

सार्वजनिक पद धारण गरेका ब्यक्ती, कर्मचारी एवं पदाधिकारीले आर्थिक अनियमितता गरेको भन्दै दैनिक रुपमा मुद्दा दर्ता भैरहेका हुन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन १२ गते हालसम्म ६ सय ३२ मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा दर्ता भएका छन्। पिडीतले इमेल,टेलिफोन,लिखित निवेदन,हुलाक सेवा,फेसबुक,समाचार पत्र,प्रमुख जिल्ला अधिकारीबाटै तथा अन्य स्रोतको प्रयोग गरेर उजुरी मुद्दा दर्ता गराउने गरेका छन्।

जस अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्र १ सय ७३ उजुरी कर्मचारी, जनप्रतिनिधि र विभिन्न संघसंस्थाको नाममा अख्तियारमा दर्ता भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको अभिलेख अनुसार ती उजुरी इमेलबाट ४१, टेलिफोन १६, लिखित निवेदन ४० र हुलाकी सेवा ६४ फेसबुक,समाचार पत्र तथा प्रमुख जिल्ला अधिकारीबाट ३र३ उजुरी दर्ता भएका थिए । अनिमितता विरुद्धका उजुरीको संख्या भदौ महिनामा हुलाकी सेवा १२, लिखित निवेदन ५१, टेलिफोन र इमेलबाट १०र१० र अन्य स्रोतबाट गरी ८५ उजुरी दर्ता भएका थिए।

असोजमा ८२ उजुरी परेको मध्ये हुलाक सेवाबाट १८, लिखित निवेदन ४१, टेलिफोन १० इमेलबाट ११ उजुरी दर्ता भएका थिए। यस्तै कार्तिक महिनामा ४१ उजुरी दर्ता भएकोमा हुलाक सेवाबाट १५, लिखित निवेदन १७, टेलिफोन ३, इमेलबाट ५ उजुरी छन्। मंसिरमा ९० उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका थिए। जसमा हुलाक सेवाबाट १५, लिखित निवेदन ४०, इमेलबाट १९, टेलिफोनबाट १५, वेवसाईडबाट १ उजुरी दर्ता भएका थिए।

पौष महिनामा ५१ उजुरी दर्ता भएकोमा हुलाक सेवाबाट १४, लिखित निवेदन १२ , इमेलबाट १६ , टेलिफोनबाट ७ , वेवसाईडबाट १ उजुरी दर्ता भए। यस्तै माघ महिनामा ७१ उजुरी दर्ता भए । हुलाक सेवाबाट १४,समाचार पत्रबाट २, लिखित निवेदन २९, इमेलबाट १२,टेलिफोनबाट ११, वेवसाईडबाट २ र अन्य स्रोतबाट १ उजुरी दर्ता भएका थिए। यस्तै फागुनको आज १२ गते सम्म ३९ उजुरी दर्ता भएका छन्। जस अनुसार हुलाक सेवाबाट ५, लिखित निवेदन ९,टेलिफोनबाट ५, इमेलबाट १९ र अन्य स्रोत बाट १ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ।

यसरी चालु आर्थिक वर्षको साउनदेखि हाल सम्म ६ सय ३२ मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरमा दर्ता भएका छन्। सार्वजनिक पदधारण गरेका व्यक्तिबाटै अनियमितता हुने गरेपछि सम्वन्धित स्थानीय उनीहरु विरुद्ध कारबाहीको माग गर्दै दैनिक रुपमा उजुरी दिन थालिएको छ। सार्वजनिक निर्माण, निर्माणमा अनियमितता, पदीय दुरुपयोग गरेर कामकारबाही गरेको लगायत विषयमा अख्तियारमा उजुरी पर्ने गरेको कार्यालयले जनाएको छ। अख्तियारमा परेका उजुरीमाथि कारबाही प्रक्रिया समेत अघि बढाइएको अख्तियारको भनाई छ।