अत्तरिया-धनगढी १३२ केभी विद्युत प्रसारणः प्रभावित क्षेत्रमा सुझाव संकलन गरिने
2024/02/25, 1:16
 
ss

नेपाल विद्युत प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन विभागले अत्तरिया–धनगढी १३२ केभी विद्युत प्रसारण लाइनको प्रभावित क्षेत्रमा सुझाव संकलन गर्ने भएको छ । अत्तरिया–धनगढी १३२ केभि विद्युत प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षणको मस्यौदाबारे प्रभावित क्षेत्रमा सुझाव संकलन सुरु गर्ने भएको हो ।

विभागले आयोजनालाई अगाडि बढाउन प्रभावित क्षेत्र गोदावरी नगरपालिका, धनगढी र कृष्णपुर नगरपालिकाका प्रभावित वडाका वासिन्दालाई समेटेर मस्यौदाबारे सुझाव संकलन शुरु गरेको हो ।शनिबार गोदावरी नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर १ र ५ का वासिन्दालाई समेटेर गरिएको सार्वजनिक सुनुवाईमा सहभागिहरुले गोदावरीमा पनि वितरण केन्द्र स्थापना गर्न माग गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा कार्यवाहक वडा अध्यक्ष गम्भिर साउँदले १३२ केभी आयोजनालाई प्रभावित पार्न कुनै गतिविधि नहुने तर, गोदावरीमा पनि वितरण केन्द्र यथाशिघ्र स्थापना हुनुपर्ने बताए । धनगढीमा ठुला उद्योग तथा कलकारखाना स्थापना हुँदा यहाँका बासिन्दाले बेला–बेला अन्धकारमा बस्नुपर्ने बाँध्यता रहेको उनले बताए । यसको समाधानका लागि यही वितरण केन्द्र स्थापना हुन जरुरी रहेको उनको भनाई छ ।

आयोजनालाई अघि बढाउन वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको मस्यौदा उर्जा प्रवद्र्धन केन्द्रले स्वीकृत गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रका वासिन्दाहरुसंग राय सुझाव लिन लागिएको विभागका निर्देशक अनिरुद्र पौडेलले बताए ।विभागका उपनिर्देशक राजु ज्ञावलीले वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा सुनुवाइमा प्रस्तुत गरेका थिए । विभागका अच्युत द्धवाडीले स्वागत गरेको कार्यक्रममा इन्जीनियर भारत थापाले आयोजनाको महत्व र विशेषताबारे जानकारी दिएका थिए ।