कैलालीबाट एकै दिन ८ जना फरार प्रतिबादी पक्राउ
2024/02/26, 11:37
 
ss

कैलालीको विभिन्न स्थानबाट एकै दिन ८ जना फरार प्रतिबादी पक्राउ परेका छन्।  जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका व्यक्तिहरुलाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले बताएका छन्। 
 

पक्राउ पर्नेमाः

१) लागु औषध (खैरो हेरोईन) मुद्दामा ९ वर्ष ९ महिना २२ दिन कैद सजाय र एक लाख
जरिवाना ठहर भएका कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की बस्ने भुपेश भन्ने
शिशिर थापा।
२) टीकापुर नगरपालिका–१ बस्ने जुवा मुद्दामा रु २००।– जरिवाना ठहर भएको नृर्प बहादुर बिष्‍ट।

३) टीकापुर नगरपालिका–१ बस्ने गाली बेईज्जती मुद्दामा रु १,०००।– जरिवाना ठहर भएकी संगिता कुवँर ।

४) टीकापुर नगरपालिका–१ बस्ने गाली बेईज्जती मुद्दामा रु १,०००।– जरिवाना ठहर भएको मिन बहादुर
कुवँर ।
५) भजनी नगरपालिका–७ बस्ने जालसाँची मुद्दामा रु. ५,०००।– जरिवाना ठहर भएको राम चुन्नी
डगौरा थारु ।

६) भजनी नगरपालिका–७ बस्ने जालसाँची मुद्दामा रु. ५,०००।– जरिवाना ठहर भएको खुशीराम डगौरा ।
७) भजनी नगरपालिका–१ बस्ने चेक अनादर मुद्दामा रु. १,०००।– जरिवाना ठहर भएको पुरन
जैशी ।
८) जानकी गाउँपालिका–१ बस्ने ज्यान मार्ने मुद्दामा ५ बर्ष कैद सजाय ठहर भएको सोनु बोगटी रहेका छन्।