धनगढीको मुख्य सडक हिलाम्य 
2024/03/03, 10:04
 
ss

एक दिने हिउँदे झरीले धनगढीको मुख्य सडक हिलाम्य बनेको छ । परेको पानीले धनगढीको मुख्य सडक हिलाम्य बनेको हो । प्रदेश सरकाको बजेटमा निर्माण भइरहेको मुख्य सडक हिलाम्य बन्दा नागरिकलाई आवतजावतमा समस्या भएको छ । मुख्य सडक अन्तर्गतको पार्कमोड, एलएन चोक क्षेत्रमा हिलो संगै पानी भरिएर जलमग्न भएपछि आवतजावतमा समस्या भएको हो । मुख्य सडक संगै साखा सडकहरुमा समेत निर्माण कार्य भइरहेका कारण आवतजावतमा समस्या भएको स्थानिय दिपेन्द्र शाहले बताए ।

सडकमा हिलै हिलोले आवतजावत गर्न समस्या छ उनले भने “मुख्य सडक निर्माण भइरहँदा भित्रको सडक प्रयोग गर्नपनि समस्या भइरहेको छ, मुख्य संगै भित्रि सडकहरु समेत निर्माण भइरहेका कारण हामीले निकै सास्ती खेप्नु परेको छ । निर्माण आयोजनाहरुले सबै सडक एकै पटक भन्दापनि एकतर्फको काम सकेर अर्को बाटो निर्माण थाले नागरिकलाई आवतजावतमा सहज हुने थियो ।”

धनगढीको चौराहा देखी कैलाली पुलसम्म एशियाली बिकास बैकंको श्रृण सहयोगमा सहरी बिकास तथा भवन निर्माण बिभाग संघिय कार्यान्वयन इकाइले निर्माण गरिरहेको छ भने, कैलाली पुलदेखी क्याम्पसचोकसम्म सुदुरपश्चिम प्रदेश सरकारको लगानीमा पुर्वाधार बिकास कार्यालय कैलालीले निर्माण गरिरहेको छ । २०८० वैशाख २७ गते २४ महिना भित्र सडक निर्माणको काम पूरा गर्ने सम्झौता भएको सडक निर्माण कम्पनिले २०८२ वैशाख २६ गते भित्र निर्माण गर्दै प्रदेश सरकारलाई हस्तान्तरण गर्ने छ । साढे ५१ करोड ६९ लाखमा केएस कन्स्ट्रक्सनसँग सडक निर्माणको ठेक्का सम्झौता भएको थियो ।