नयाँ राजनितिक समिरकणले को बन्ला सुदुरपश्चिमको मुख्यमन्त्री ?
2024/03/04, 4:47
 
ss

केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ सरकार बन्ने देखिएको छ । जसअनुसार सुदूरपश्चिममा पनि नयाँ सरकार बन्ने भएको हो । अहिलेको नेपाली काँग्रेस नेतृत्वको सरकार भङ्ग भएर नयाँ समीकरणको सरकार बनाउने तयारी थालिएको छ । हाल सुदूरपश्चिममा काँग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । अब फेरिएको समीकरणमा भने नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

जस अनुसार एमालेको भागमा मुख्यमन्त्री परे पार्टी पोलिट्ब्युरो सदस्य समेत रहेका संसदिय दलका नेता राजेन्द्र सिहं रावल मुख्यमन्त्री बन्ने छन् । तत्कालिन गठबन्धनमा १ महिने मुख्यमन्त्री बनेका रावल फेरी सुदुरपश्चिमको मुख्यमन्त्री बन्ने दावी गरिएको छ । यता माओवादीले मुख्यमन्त्री पाए संसदीय दलका नेता मानबहादुर धामी अब सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री बन्ने छन् । पूर्व वनमन्त्रीसमेत रहेका धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी हालै खगराज भट्टलाई हटाएपछि माओवादी दलको नेता बनेका थिए । धामीले केन्द्रका् सत्तागठबन्धन फेरिए संगै सुदुरपश्चिममा पनि छलफल थालिएको बताए । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ती सुदुरपश्चिममा निर्णयक छ । चौधरी नेतृत्वको नागरिक उन्मुक्तीले सुदुरपश्चिममा मुख्यमन्त्री मागेको छ । उनको दलले मुख्यमन्त्री पाए हाल भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री समेत रहेका दलका नेता रामेश्वर चौधरी मुख्यमन्त्री बन्ने छन् ।

केन्द्रमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र, जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ । सोही अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आज नयाँ समीकरणसहित मन्त्रिमण्डल गठन हुने भएको हो ।