धनगढीमा तिन हजार बढी पशुको ट्यागिङ्ग, आठ सय गौशालामा
2024/03/05, 8:46
 
ss

धनगढी उपमहानगरमा तिन हजार भन्दा बढी सामुदायिक पशु चौपायाको ट्यागिङ्ग गरिएको छ भने, आठ सय चौपायालाई गौशालामा ब्यवस्थापन गरिएको छ । ३ हजार २ सय चौपायाको ट्यागिङ्ग र साढे ८ सय चौपायालाई गौशालामा राखिएको धनगढी उपमहानगरपालिकाका पशु चिकित्सक डाक्टर समीर ठाकुरले बताए । उनका अनुसार दुई समुदाय र इस्कोनबाट सञ्चालित एक÷एक गौशालामा सामुदायिक चौपाया राखिएको छ । फूलबारी क्षेत्रका तीन वडाका स्थानीयले पालेका गाई–गोरु भने ट्यागिङ्ग गरिएको छ । ‘सोमवारसम्मको तथ्याङ्कअनुसार नगर क्षेत्रका चारवटा गौशालामा ८४५ गाई÷गोरु राखिएको छ ।

धनगढीमा चौपाया ब्यवस्थापन चुस्त बनाइएपनि भारतबाट आउने चौपायाका कारण ब्यवस्थापनमा समस्या आइरहेको पशु चिकित्सक ठाकुरले बताए । उनले भने “धनगढी उपमहानगरले वडा नम्बर ७ देवहरियामा २७७ र फूलबारीमा रहेको गौशालामा ४ सय, वडा नम्बर ३ मा समुदायबाट सञ्चालित गौशालामा १०८ र वडा नम्बर १६ को इस्कोनले व्यवस्थापन गरिरहेको गौशालामा ६० वटा चौपाया राखिएको छ। फूलबारी गौशालामा राखिएका चौपायालाई समेत ट्यागिङ्ग गरिएको छ ।”

धनगढीको वडा नम्बर १४ मा ९९४, वडा नम्बर १८ मा ७२० र वडा नम्बर १९ मा १ हजार १८९ गाई÷गोरूलाई ट्यागिङ्ग गरिएको छ । भविष्यमा कसैले चौपाया नछोडुन भनेर तीनवटा वडामा ट्यागिङ गरिएको र बाँकी सबै वडामा पनि चौपाया ट्यागिङ्ग गर्ने पशु चिकित्सक ठाकुरले बताए ।