सुदुरपश्चिममा पनि हटाइए माओवादीका तिन मन्त्री
2024/03/05, 8:49
 
ss

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई हटाइएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले दुई मन्त्री र एक राज्यमन्त्रीलाई हटाएको जानकारी दिए । केन्द्रमा एमाले सहित माओवादीको गठबन्धन भएपछि प्रदेशमा मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरु हटाएका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल लाई हटाइएको जानकारी दिए ।

मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा ९एकीकृत समाजवादी० र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने चलाएका छैनन् । सुदूरपश्चिममा नाउपा र नेकपा९एस० को समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ । सोही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा ९एकीकृत समाजवादी० का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।