कैलाली र कञ्चनपुरमा एकैदिन १६ जना फरार प्रतिवादी पक्राउ
2024/03/05, 8:51
 
ss

कैलाली र कञ्चनपुरमा फरार प्रतिवादीहरु पक्राउ क्रमलाई तिव्रता दिईएको छ । दुवै जिल्लामा नयाँ एसपीहरु आएपछि जिल्लामा सुरक्षा व्यवस्था तैनाथ पारिएको छ । न्युन सजाय भएका तथा लामो समयदेखी फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले थप ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यस अघि विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिसकेको थियो । यस्तै कञ्चनपुरमा प्रहरीलेपनि शुक्रबार मात्रै १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि अदालत र जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको प्रहरीले जनाएको छ ।

कैलालीमा पक्राउ परेका फरार प्रतिवादीहरु

१. लागुऔषध मुद्दाका जिल्ला कैलाली धनगढी १३ बस्ने बर्ष २२ को सुरज राना, १ महिना २४ दिन कैद ।
२. लागुऔषध मुद्दाका जिल्ला कैलाली धनगढी ११ बस्ने बर्ष १७ को संजय राना, १ महिना २४ दिन कैद ।
३. लागुऔषध मुद्दाका जिल्ला कैलाली धनगढी १३ बस्ने बर्ष २२ को रबि राना, १ महिना २४ दिन कैद ।
४. कुटपिट मुद्दाका जिल्ला कैलाली लम्कीचुहा ०९ बस्ने बर्ष ६९ को पदम बहादुर बिष्ट, रु.२,०००। जरिवाना ।
५. वन पैदवार मुद्दाका जिल्ला कैलाली घोडाघोडी ०८ बस्ने बर्ष ३८ को प्रेमलाल चौधरी, रु. ७०,२२०। जरिवाना ।
६. वन मुद्दाका जिल्ला कैलाली कैलारी ०६ बस्ने बर्ष ४५ को गुलिराम चौधरी, रु. १७,५१०। जरिवाना ।

कञ्चनपुरमा पक्राउ परेका १० जना फरार प्रतिवादीहरु

१. महेश लुहार अभद्र व्यबहार मुद्दा १०,०००।– जरिवाना ।
२. आशिष सुनाह अभद्र व्यबहार मुद्दा ७०००।– जरिवाना ।
३. पशुपती दमाई अभद्र व्यबहार मुद्दा ४९,०००।– जरिवाना ।
४. अन्नु भन्ने (अनुज गुप्ता) अभद्र व्यबहार मुद्दा ५,०००।– जरिवाना ।
५. दिपक थलाल कुटपिट मुद्दा १२५।– जरिवाना ।
६. निरा दमाई अभद्र व्यबहार मुद्दा ४,९००।– जरिवाना ।
७. गोपाल चुनारा अभद्र व्यबहार मुद्दा ३,०००।– जरिवाना ।
८. राम दत्त भट्ट कुटपिट मुद्दा १२५।– जरिवाना ।
९. राजी थलाल कुटपिट मुद्दा १२५।– जरिवाना ।
१०. राम थलाल कुटपिट मुद्दा १२५।– जरिवाना ।