रेशमले पाएनन् अध्यक्षको मान्यता, आयोगद्वारा रञ्जीता नेतृत्वकै समिति सदर
2024/03/07, 5:51

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी नेतृत्वलाई अवैधानिक मानेको छ ।

आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको निर्वाचन आयोगका सहसचिव एवम् कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराइले जानकारी दिए ।
उनका अनुसार आयोगको बिहीबारको बैठकले रेशम चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक ठहर गरेको हो ।

टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न माघको अन्तिम साता आयोगसमक्ष निवेदन दिएका थिए ।
2025/06/27, 9:19
2025/06/26, 7:44
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 10:18
2020/09/06, 4:03
2021/12/20, 8:41
2023/01/01, 1:10