
बैतडीको पञ्चेश्वर गाउँपालिका १ स्थित गडदेव आधारभूत विद्यालयको ताला डेढ वर्षपछि खोलिएको छ । विद्यालयको नवनिर्मित भवनमा लगाइएको ताला शनिवार पालिकाका जनप्रतिनिधि, प्रशासन र अभिभावकले खोलेका हुन् ।

गाउँपालिकाले २०७८र०७९ मा विद्यालय व्यवस्थापनसँग ३६ लाखमा राष्ट्रपति शैक्षिक सुधार अन्तर्गतको ४ कोठे भवनको लागि सम्झौता गरेको थियो । भवन निर्माणको जिम्मा पाएका केशव सिंह घटालले ६७ लाख लागत लागेको र भुक्तानी नपाएको भन्दै ताला लगाएका थिए ।
गाउँपालिकाले प्राविधिक मूल्यांकन अनुसारको रकम भुक्तानी दिने भनेपछि ताला खोलिएको बताइएको छ । पालिकाले ५८ लाख लागत लागेको भन्दै सोही अनुसारको विल उठाएको छ भने भुक्तानी ३६ लाख मात्रै भएको छ ।

कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा ताला लागेपछि बालबालिकाहरु खुल्ला चौरमा पठनपाठन गर्दै आएका थिए ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37