सुदूरपश्चिमको प्रदेश प्रमुखबाट बिदा हुँदै गर्दा जोशीले भने – अब सक्रिय राजनीतिमा लाग्छु
2024/03/13, 12:15
 
ss

२८ महिना सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख रहेर बिदा हुँदै गर्दा देवराज जोशीले आफू अब सक्रिय राजनीतिमा लाग्ने बताएका छन् ।

सोमवार पदमुक्त भएका जोशीले मङ्गलवार धनगढीमा पत्रकारसँगको भेटघाटमा पहिलेजस्तै सक्रिय राजनीतिमा लाग्ने बताएका हुन्।   उनी प्रदेश प्रमुख हुनु भन्दा अघि सम्म नेपाली काँग्रेसको सक्रिय राजनीतिमा थिए ।

बाजुरा निवासी जोशी २०४८ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए भने २०६४ सालमा  संविधान सभामा निर्वाचित भएका थिए । जिल्ला पार्टी सभापति समेत भइसकेका जोशी थुप्रै पटक महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि भए ।

२०७८ को कात्तिक २३ मा प्रदेश प्रमुखमा नियुक्त भएका जोशीलाई सोमबार सरकारले पदमुक्त गरेको हो । यो अवधिमा आफ्नो जिम्मेवारी र भूमिका सही ढङ्गले निर्वाह गरेको भन्दै उनले आफ्नो कार्यकाल सफल भएको दाबी गरे ।