रञ्जिताले रेशमलाई लेखिन्– तिमी एक्लो छैनौँ, म सधैँ तिम्रो साथमा छु
2024/03/13, 12:47
 
ss

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक समेत रहेका आफ्ना श्रीमान रेशमलाल चौधरीले आफू साथमै भएको उल्लेख गरेकी छन् ।

रेशमले मंगलबार राति सामाजिक सञ्जालमा शेयर गरेको एउटा भिडियोमा कमेन्ट गर्दै श्रेष्ठले ‘अलवेज वीथ यु, यु आर नट इभन अलोन’ अथात् म सधैँ तिम्रो साथमा छु । तिमी एक्लै छैनौँ भनेर लेखेकी छन् ।

रेशमले सामाजिक सञ्जालमा एक्लै रहन सधैँ तयार रहनुपर्छ भन्ने आशयको भनाईसहितको भिडियो शेयर गरेका थिए । चौधरीले नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्दै मन्त्री थपेपछि श्रेष्ठ असन्तुष्ट बनेकी छन् ।

केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन श्रेष्ठले ह्वीप लगाएकी छन् भने चौधरी पक्षका संस्थापक केन्द्रीय सदस्यले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छन् । चौधरीले श्रेष्ठलाई फकाउने प्रयास विफल भएको भन्दै बुधबार बिहान फेसबुकमा लामो स्टाटस लेखेका छन् ।