गौरीगंगा गोल्डकपको उपाधिमाथि स्टार सिटी र फारवेष्ट पशुपतिको दावी 
2024/03/13, 2:56
 
ss

कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० को उपाधिमाथि स्टार सिटी ब्वाईज युनियन क्लब र फारवेष्ट पशुपति युवा क्लबले दावी गरेका छन् । गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिताको भोली हुने उपाधि भिडन्तमा बाजी मार्ने दुबै टोलीले दाबी गरेका हुन् । आज लिक्मा खेल मैदानमा आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा फाईनल पुगेका दुबै टोलीले उपाधि जित्ने बताएका छन् । 

लगातार दोस्रो पटक फाईनल पुगेको स्टार सिटी ब्वाईन युनियनका कप्तान कपिल ढकालले आफ्नो टीममा अनुभवी खेलाडीहरु रहेकोले उपाधि जित्ने बताए । उनले सबै खेलमा खेलाडीहरुले आफ्नो क्षमता अनुसारको प्रदर्शन गरिरहेकोले फाईनलमा पनि शत प्रतिशत दिने र उपाधि जित्ने दावी गरे । 

फारवेष्ट पशुपति युवा क्लबका कप्तान अमानत सेखले अधिकांश युवा र स्थानीय खेलाडीहरु टीममा रहेकोले उपाधि जित्ने बताए । उनले युवा खेलाडीहरुको प्रदर्शनले फाईनलसम्म पुगेको भन्दै उपाधि जित्ने दावी गरे । 

प्रतियोगिताको फाईनल खेल भोली बिहीबार लिक्मा खेल मैदानमा हुनेछ । कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।