प्राविधिक टोली भन्छ–कर्णाली पुलमा सवारीसाधन चलाउन अझै समय लाग्नसक्छ
2024/03/13, 6:10
 
ss

लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली पुलको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ । सोमबार दिउँसो विरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रकमाथि एक्कासी कर्णाली पुलमा आगलागी भएको थियो ।

ट्रकमा लागेको आगो पुलका केबलहरुमा समेत सल्किएपछि सवारीसाधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा अध्ययन गरिरहेको छ । पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले प्रारम्भिक अध्ययनका क्रममा आगालागीबाट पुलका दायाबाँयातर्फका ७(७ केबल जलेको पाइएको बताए ।

जलेका केबलसहित पुलको सतहको मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारीसाधन चलाउन नमिल्ने अधिकारी बताउँछन् । ‘हामीले पुलको अवस्थाबारे विस्तृत विश्लेषण गर्न बाँकी छ । अहिले गाडी गुडाएर हेरिरहेका छौँ । सकेसम्म भोलिसम्म रिर्पोट तयार हुन्छ होला,’ अधिकारीले भने, ‘पुलका दुवैतर्फका १४ वटा केबल जलेको भएपनि अहिलेसम्म थप क्षति भएको देखिएको छैन तर मर्मतको काम गर्नुपर्ने भएकाले समय लाग्न सक्छ ।’

उनले पुलको सतह मर्मत गर्नुपर्ने भएकाले कम्तीमा पनि तीन दिनसम्म सवारीसाधन चलाउन नमिल्ने बताए । अहिले पुलको सतहको मर्मतसम्भार गरिने बताउँदै अधिकारीले आगोले क्षति गरेका केबल भने तत्काल मर्मत नहुने उल्लेख गरेका छन् । सोमबार साँझ विरगञ्जबाट लाइटर बोकेर आइरहेको ट्रक कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा आगो लागेको थियो ।

सोही आगोको लप्काले पुलका फलामे केबलमा समातेपछि जलेका थिए । फलामे केबलको बाहिरपट्टी रबर रहेकाले आगलागी भएको प्राविधिकको भनाई छ । ट्रकमा आगो के–कसरी लाग्यो रु भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक९एसपी० प्रविण धितालले जानकारी दिएका छन् ।

आगलागीपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । अहिले सुदूरपश्चिम भित्रिने र छुट्ने सवारीसाधन वैकल्पिक बाटोको प्रयोग गरेर हुलाकी राजमार्गमार्फत चलिरहेका छन् ।