आफैले सरकारी क्वाटरमा आगो लगाएको उजुरी परेपछि प्रमुख प्रशासकीय अधिकृत पक्राउ
2024/03/20, 2:40
दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् । आफ्नो सरकारी क्वाटरमा आफै आगो लगाएको भन्दै उजुरी परेपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी क्वाटरमा आगो लागेको थियो । राति निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी गरेको उनले प्रहरीले बताएका थिए । आक्रमणपछि आफू झ्यालबाट भागेर ज्यान जोगाएको समेत उनको बयान थियो ।
गाउँपालिकाले भने उक्त घटनामा उनी आफै संलग्न रहेको भन्दै उजुरी दिएपछि आइतबार उनलाई पक्राउ गरि सात दिन म्याद थप गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
2024/04/30, 6:26
2024/04/30, 6:09
2024/04/30, 6:07
2024/04/30, 6:05
2024/04/30, 6:02
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/08/12, 12:03
2021/01/15, 9:05
2023/04/27, 11:48
2021/06/06, 7:21