माछापुच्छ्रे बैँकद्वारा शैलेश्वरी विद्यालयमा ८ शौचालय निर्माण
2024/03/22, 4:08
 
dd

माछापुच्छ्रे बैँकले शैलेश्वरी माध्यमिक विद्यालयमा ८ वटा शौचालय निर्माण गरेको छ। बैँकले कैलालीको गोदावरी नगरपालिका–६ बडेहाँको श्री शैलेश्वरी माध्यमिक विद्यालयमा ८ वटा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको हो।

बैँकले बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर शौचालय हस्तान्तरण गरेको छ। बैँकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले विद्यालयको आग्रहमा शौचालय निर्माण गरिएको बताए। उनले बैँकले सामुदायिक विद्यालयहरूलाई सहयोग गर्ने बताए।

शैलेश्वरी माध्यमिक विद्यालयमा एक हजार आठ सय विद्यार्थी छन्। विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेका छन्। उनीहरूका लागि बैँकले शौचालय निर्माण गरेको हो। बैँकका अनुसार २ वटा शौचालय कर्मचारीका लागि, तीन वटा महिला र तीन वटा पुरुष शौचालय निर्माण गरिएको छ। बैँकले सामाजिक उत्तरदायित्व अन्तर्गत शौचालय निर्माण गरेको हो। माछापुच्छ्रे बैँकले देशका अन्य क्षेत्रमा समेत विभिन्न संघ÷संस्थाहरूमा सहयोग गर्दै आएको बताएको छ।