सुदूरपश्चिममा होलीपछि विश्वासको मत लिन्छौं, बहुमत पाउँछौंः मन्त्री देउवा
2024/03/23, 5:36
 
ss

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिने बताएका छन् । आज धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै सरकारले होलीलगत्तै विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने उनले दाबी गरे ।

केन्द्रमा गठबन्धन फेरबदल भएपछि सुदूरपश्चिममा फरक परेको मन्त्री देउवाले बताए । भन्दै यस सरकारलाई स्थायीत्व दिनका लागी प्रदेश सभा भित्र रहेका सबै दलहरुसँग छलफल चलाएको बताए ।केन्द्रमा सरकार परिर्वतन भएपछि प्रदेशमा पनी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा परेको हो ।

मन्त्री देउवाले अहिले प्रदेशसभाका सबै दलसँग समन्वय भइरहेको भन्दै विश्वासको मत पाउने विश्वास व्यक्त गरे । उनले होली पर्व सकिनेबित्तिकै मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले विश्वासको मत लिने र बहुमत पाउने बताए । उनले भने, कानुनी रुपमा हाम्रा गठबन्धनमा रहेका साथीहरुसँग बिश्वासको मत छ, प्रदेश सभाका साथीहरुसँग बिश्वासको मत छ भन्नुपर्छ,उनले भने, हामी त्यस्को तयारीमा छौँ, मलाई लाग्छ ‘अहिलेको सरकारले बहुमत पाउनेछ । बिश्वासको मत प्राप्त हुनेछ र जुन एक बर्ष सरकार सञ्चालन गरिरहेका छौँ, त्यसरी आगामी दिनमा अन्य प्रदेश भन्दा सुदुरपश्चिम प्रदेशलाई समृद्ध बनाउने छौँ । र बिश्वासको मत लगत्तै बजेटको तयारीमा जुट्ने उनको भनाई छ ।