संसदको प्राकृतिक स्रोत समिति कञ्चनपुरपछि वैज्ञानिक वनबारे छानबिन गर्न कैलालीमा  
2020/07/07, 8:03
 
ban fadani

संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन गर्न कैलाली पुगेको छ । सोमवा कञ्चनपुरमा रहेको टोली मंगलबार कैलाली आएको हो । वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न मंगलबार कैलाली पुगेको समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले छानबिनको काम सुरु गरेको छ ।

सोमबार कञ्चनपुर जिल्लामा छानबिन सकेर समितिका सदस्यहरु मंगलबार कैलाली जिल्लामा पुगेका हुन् । समितिले मंगलबार डिभिजन वन कार्यालय पहलमानपुरमा समितिले वैज्ञानिक वन व्यवस्थापन लागि सामुदायिक वन उपभोक्ता समितिले गरेका क्रियाकलापबारे सरोकारवालासँग छलफल गरिएको थियो । विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पधाधिकारी जनप्रतिनिधिहरुसगँ वैज्ञानिक वन व्यवस्थापन गर्न भएको समस्या चुनौती र राम्रा नराम्रो बारेमा सुझाव मागिएको थियो । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका तराईका जिल्लामा रहेका सामुदायिक वनको अध्ययन तथा अनुगमन गरी प्रतिवेदन तयार गरिने समितिकी सदस्य शान्ता चौधरीले बताईन् । 

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको व्यापक विरोध भएपछि यसको अवस्था बुझ्न कञ्चनपुर हुदै कैलाली आएको समितिका सदस्य चौधरीले बताइन् । तराईका सामुदायिक वनमा अनुगन गर्ने र सबै वनको अनुगमन गरेपछि प्रतिवेदन तयार गरेर सरकारलाई उनको भनाई थियो । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका सामुदायिक वनका पदाधिकारीले आर्थिक अनियमितता गर्ने, बूढा रूख राख्ने र साना रूख काट्ने, रुख कटानमा जोड दिने तर वन संरक्षणमा जोड नदिने लगायतका गुनासा उपभोक्ताको रहेको उनले बताइन् ।

वनका प्राविधिकहरुले समेत उपभोक्ताबाट भत्ता, खाना खर्च माग्ने गरेको गुनासो आएको हुदा यी कुरा यथार्थ हुन् या होइनन् भन्ने बुझ्नका लागि टोली तराईका सामुदायिक वनमा अनुगन गर्न आएको संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य शान्ता चौधरीले बताईन् ।