अनेरास्ववियु नेतृ बम पक्राउ
2024/03/27, 5:15
 
ss

नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ परेकी छन्। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई मंगलबार बालाजु क्षेत्रबाट प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।

बमलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिका लाभ लिएको आरोप छ।

चोरी तथा अपराधीक लाभ मुद्दामा बमलाई काठमाडौंकै बालाजु क्षेत्रबाट नियन्त्रणमा लिइएको उनले जानकारी दिए। उनकाअनुसार बममाथि अनुसन्धानका लागि बुधबार म्याद थप्ने तयारी छ। उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ।