
कैलालीमा सडक दुर्घटनाबाट एक जना मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका–५ पथरैया कर्णाली क्रशर उद्योग नजिक सडक दुर्घटनाबाट एक जना पुरुषको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

तर मृतकको पहिचान खुलेको छैन । आज ९बुधबार० बिहान पथरैयामा पैदल यात्रामा रहेको आशंका गरिएका पुरुषको सवारी साधनको ठक्करबाट ज्यान गएको हुनसक्ने इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले बताए । बिहान‘मर्निङ्ग वाक’ मा हिड्नेहरूले मृतक पुरुषको शव देखेपछि साढे ५ तिर प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि टीकापुरबाट प्रहरी निरीक्षक लोकराज अवस्थीको कमान्डमा खटिएको प्रहरी टोलीले घटना स्थल पुगेर घटनाको मुचुल्का उठाएर शवलाई टीकापुर अस्पतालमा राखिएको छ । प्रहरीले यस सम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/16, 7:18
2021/08/17, 1:30
2022/06/02, 4:18
2023/08/17, 1:14