
कञ्चनपुरमा ठूलो परिणामको लागुऔषध खैरो हेरोईनसहित युवकलाई पक्राउ गरिएको छ । भीमदत्त नगरपालिका- ४ बसपार्कबाट ३४ दशमलव १ ग्राम खैरो हेरोईनसहित सोही नगरपालिका-१५ निम्बुखेडा बस्ने ३० वर्षीय भुवन शाहुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी वरिष्ठ नायब निरीक्षक केशबराज जोशीको नेतृत्वको टोलीले शाहुलाई पक्राउ गरेको हो ।
उनको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ । शाहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23