सुदूरपश्चिम प्रदेश सरकारले तीन ठाउँमा राख्ने भनेका प्रयोगशाला अझै स्थापना हुन सकेको छैन् । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले गत चैत १५ गते बैतडी, डोटी र कैलालीमा कोरोना परीक्षण गर्नको लागि पिसिआर प्रगोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । तर सो निर्णय हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन ।
प्रदेशमा एक मात्र प्रयोगशाला धनगढीमा मात्रै रहेकोले परीक्षणको दायरा बढाउन प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएकोमा तीन महिना बढी भइसक्दा समेत स्थापना हुन सकेको छैन । प्रयोगशाला स्थापनाको लागि उपकरण तथा सामग्री धनगढी पुगिसकेकोले केही दिनभित्रै प्रयोगशाला स्थापना हुने प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।
प्रदेशमा एउटा मात्रै सरकारी प्रयोगशाला हुँदा नमूना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको छ । यद्यपी डडेल्धुरामा भने निजी क्षेत्रकै पहलमा शनिबारदेखि पिसिआर प्रयोगशाला सञ्चालनमा आएको छ ।
यो पनि पढ्नुहोस्
पीसीआर मेसिन खरिदमा हाकाहाकी ९१ लाख भष्ट्राचार
पीसीआर मेसिन खरिदमा अनियमिताको गन्ध, सरकारी कागजात किर्तेका अभियुक्तलाई ठेक्का