
सोमबार रातिदेखि निरन्तर परिरहेको वर्षाका कारण धनगढीका अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाका कारण धनगढी उपमहानगरपालिकाको मुख्य सडक तथा विभिन्न वडाहरुका वस्तीहरु डुवानमा समेत परेका छन् ।

कतिपय स्थान जलमग्न हुँदा कतिपय स्थानका घरभित्र पानी पसेको छ । पानीको निकास नहुँदा र खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढीका विभिन्न स्थानमा डुवान भएर घरभित्र पनि पानी पस्न थालेको छ ।

तस्वीरः छवि लामिछाने