धनगढीका तीन जना फरार प्रतिवादी पक्राउ
2024/04/09, 1:29
 
ss

कैलालीको धनगढीमा फरार तीन जना दोषी पक्राउ परेका छन्। विदेशी विनिमय अपचलन मुद्दामा दुई लाख एक सय ८७ जरिबाना तोकिएका धनगढी उपमहानगरपालिका–१० का रोहित राना, धनगढी उपमहानगरपालिका–१ का रामबहादुर थापा र ठगी मुद्दामा १० हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–६ का बिरेन्द्र सिंह पक्राउ परेका हुन्।

अदालतबाट दोषी ठहर तर फरार रहेका तीनै जनालाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए। दोषी ठहर तीनै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ।