
दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकर खण्डको ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ।

सो सडक नबन्दा सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाङ्ग्रु, लिपुलेक, कालापानीलगायत स्थान पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। सो सडक निर्माणको जिम्मा सेनाले २०७७ माघ २८ मा लिएको हो। अहिलेसम्म ११.७२ किलोमिटर सडकको ट्याक खोलिएको छ।
सो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म चार सय २५ किलोमिटर लामो छ। जसमा अप्ठ्यारो चट्टान सहितको खण्डमा ट्याक खोल्ने काम सेनाले पाएको हो। ट्याक खोल्ने काम सेनाले आर्थिक वर्ष २०८८/८९ भित्र सकिसक्नुपर्ने छ। अब सेनाले सो सडकको ६७.२८ किलोमिटर सडकको ट्याक खोल्न बाँकी छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23