डडेल्धुरा पुगेर डिआइजीले भने, ‘कसैसँग साँठगाँठ र मिलेमतो गर्ने छुट छैन’
2024/04/26, 5:51
 
ss

सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक ९डिआइजी० रबिन्द्र केसीले प्रहरीबाट कसैसँग साँठगाँठ र मिलेमतो भए कडा कारबाही हुने चेतावनी दिएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको स्थलगत निरीक्षण गर्दै डिआइजी केसीले कसैसँग साँठगाँठ गरेको प्रमाणित भए कारबाही हुने बताएका हुन्। यस्तो कार्य गर्ने छुट कसैसँग नभएको भन्दै कानुनअनुसार काम गर्न मातहतका निकायलाइ निर्देशन दिएका छन्।

उनले कार्यालय भवन, ब्यारेक, मेस तथा हिरासत कक्षको निरीक्षण गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र मातहतका प्रहरी युनिटहरुका इन्चार्जहरुलाई सुरक्षासँग सम्वन्धित आवश्यक निर्देशन दिएका छन्। अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसिमको प्रभाव नराख्न डिआइजी केसीले निर्देशन दिएका छन्।

गैर–ब्यावसायिक क्रियाकलापमा कुनै प्रहरी कर्मचारी संलग्न भएको पाइएमा क्षमा नहुने उनको चेतावनी छ। साथै फैसला कार्यान्वयन, पेण्डिङ मुद्दाको अनुसन्धान र फरार अपराधी पक्राउ कार्यलाई विशेष प्राथमिकतामा राख्ने प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।

साथै सीमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनशीलताको नीति अपनाउनुपर्ने, अबैध काठ नियन्त्रण, नियमविपरीत नदीजन्य पदार्थको उत्खनन्, अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने कार्यलाई तीब्रता दिन मातहतका प्रहरी प्रमुखलाइ निर्देशन दिएका छन्। गुण्डागर्दी, जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन समेत निर्देशन दिएका छन्।

विज्ञापन
बमम
उनले लागूऔषध नियन्त्रण कार्यलाई महा–अभियानको रुपमा सञ्चालन गर्ने, प्रहरी आचरण विपरीतका कार्य नगर्ने, नेपाल प्रहरीको मिडिया नीति विपरित हुने गरि सामाजिक सञ्जाल प्रयोग नगर्ने, नागरिकको मानव अधिकार सम्मान गर्ने, नागरिकमैत्री व्यवहार गर्ने, हिरासतमा रहेका थुनुवा ओसारपसारमा तथा अन्य कानुनी प्रक्रियामा समेत भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन्।

साथै गैर–व्यावसायिक आर्थिक लाभको लागि कसैसँग साँठगाँठ र मिलोमतो नगर्ने, कुनै प्रहरी कर्मचारीले गरेको पाइएमा कानूनी दायरामा ल्याइने, व्यक्तिगत पिरमर्का गुनासाहरु निर्धारित मापदण्ड अनुरुप अघि बढाउने, समन्वयात्मक, सहभागितामुलक र जनमुखी प्रहरी सेवामा समर्पित रहि उच्च अनुशासनका साथ कार्य गर्न उनले निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालयको निरीक्षणपछि जिल्ला सुरक्षा समितिको वैठकमा समेत डिआइजी केसी सहभागि भएका थिए।