कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका ४ सामुदायिक वनको अनुगमन गरेको छ । समितिले शुक्लाफाँटा नगरपालिकाको बैजनाथ सामुदायिक वन, श्रीकृष्ण सामुदायिक वन, कृष्णपुर नगरपालिकाको सिंहपुर सामुदायिक वन र हरियाली सामुदायिक वनको अनुगमन गरेको हो ।
अनुगमन गरिका सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन अनुसार नै सालका रुख काटिएको पाइएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य राजबहादुर बुढाथोकीले बताए । ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएका ८ सामुदायिक वनमध्ये ४ वनको अनुगमन ग¥यौं,’ उनले भने,‘अनुगमन गरिएका सबै वनमा कार्ययोजना अनुसार नै रुख काटेको पाइएको छ ।’
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएका सामुदायिक वनमा संरक्षणमा पनि जोड दिएको पाइएको सदस्य बुढाथोकीको भनाई छ । ‘वैज्ञानिक वन व्यवस्थापन गरिएका वनहरुले संरक्षणलाई प्राथमिकतामा राखेको पाइयो,’ उनले भने,‘बिरुवा पुनःउत्पादनको अवस्था पनि राम्रो छ ।’
उनले कैलालीका सामुदायिक वनम कार्ययोजना भन्दा बाहिर गएर रुख काटन गरेको भेटिएको बताए । ‘कैलालीका केही सामुदायिक वनको अनुगमन गरेका छौं,’ उनले भने,‘अधिकांस वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्ययोजनाविपरित रुख काटिएको छ ।’
वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनामा केही परिवर्तन गर्नुपर्ने उनि बताउँछन् । ‘कार्ययोजनालाई केही परिवर्तन गरेर कार्यक्रमलाई निरन्तरता दिन सरकारलाई सुझाव दिन्छौं,’ उनले भने,‘कार्ययोजनामा रुख कटानको मात्रा घटाउनु पर्ने आवश्यकता अनुगमनका क्रममा देखिएको छ ।’
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबार कञ्चनपुरका सामुदायिक वन र मंगलबार कैलालीका सामुदायिक वनको अनुगमन गरेको थियो ।