बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्ड बाहेकका सेवा ठप्प
2024/05/12, 3:25
 
ss

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आज ९आइतबार०देखि ठप्प भएको छ। विगत ९ महिनादेखि अतिरिक्त भत्ता र सार्वजनिक बिदामा काम गरे बापतको भत्ता रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकहरुले आइतबारदेखि सेवा ठप्प पारेका हुन्। उनीहरुले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिक र वार्ड बाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए।

बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्तिमेटम शनिबार सकिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको चिकित्सकहरुको आरोप छ। आन्दोलनरत डाक्टर गोविन्द बोगटीले चिकित्सकहरु मात्र नभएर अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु पनि अतिरिक्त भत्ता सुविधाबाट बञ्चित रहेको बताए।

बैतडी जिल्ला अस्पतालमा ११ जना चिकित्सक कार्यरत छन्। स्वास्थ्य सेवा नियमावलीअनुसार सातामा ४० घण्टाभन्दा बढी काम गरेमा र सार्वजनिक बिदामा काम गरेको अवस्थामा अतिरिक्त भत्ता पाउने व्यवस्था छ। मेडिकल अफिसरको हकमा सम्बन्धितले पाउने मासिक तलबअनुसार ८ घण्टा अतिरिक्त काम गरेमा दैनिक १ हजार ६ सय भक्ता दिने व्यवस्था रहेको छ।