बूढीगङ्गा नदीमा डुबेर बेपत्ता भएका बूढीगङ्गा नगरपालिका २ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सात जना सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली बाजुरा पुगेको छ ।
बूढीगङ्गा–१ द्वारीस्थित हडहडे खोलाको छेउबाटै नदी तर्न खोज्दा सोमबार बिहान ९ बजेतिर बेपत्ता थापाको अवस्थाबारे कुनै जानकारी नभएपछि काठमाडौँबाट टोली बाजुरा पुगेको प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए ।
मार्तडीबाट करीब १४ किलोमिटर दूरीमा पर्ने घटनास्थल द्वारीमा बेपत्ताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोली लागिपरेको छ ।
2024/11/23, 2:44
2024/11/23, 2:31
2024/11/23, 2:17
2024/11/23, 2:02
2024/11/23, 2:31
2024/11/23, 2:17
2024/11/23, 2:02
2024/11/15, 8:30
2021/05/03, 7:52
2022/11/22, 6:40