लामो समयको खडेरीपछि बर्षा हुँदा सुदूरपश्चिमका किसानहरु खुसी
2024/05/13, 1:22
 
ss

लामो समयको खडेरीपछि बर्षा हुँदा सुदूरपश्चिमका किसानहरु खुसी भएका छन् । बर्षा भएपछि मकै छर्न सहज भएको र अन्य बालीनालीहरुमा पनि फाइदा पुगेको बैतडीको दोगडाकेदार गाउँपालिका ३ का किसान फुनडी विष्टले बताए । उनले भने लामो समयको खडेरीपछि भएको आकासेपानीले राहत मिलेको छ, यसले मकै छर्न र अन्य बालीनालीलाई पनि फाइदा पुग्यो।”

लामो समयको खडेरीपछि भएको बर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाको लेकममा किसान मानबहादुर कार्कीले बताए । मकै छर्न ठिक्क भएका किसानहरु बर्षा भएपछि खुसी भएका छन्। उनले भने ,” वैशाख अन्तिम तथा जेठ पहिला साता मकै छर्ने भएकोमा यो बर्षाले निकै सहयोग पुगेको छ।”

सिँचाइको अभावमा तरकारी बाली र फलफूहरु सुक्न लागेका बेला भएको बर्षाले केही राहत मिलेको बैतडीको दशरथचन्द नगरपालिका १ गुरूखोलाका किसान राजबहादुर टेरले बताए । उनले भने ,”लामो खडेरीले मकै छर्न समस्याका साथै तरकारी र फलफूलका बोटबिरूवा सुक्दै गएको थिए,वर्षाले राहत भएको छ ।